उर्लाबारी । मोरङको उर्लाबारी–६ मा रहेको राधिका माध्यमिक विद्यालयमा कक्षा ११ का लागि भर्ना खुलेको छ ।

गुणस्तरीय शिक्षामा अब्बल देखिएको राधिकामा कक्षा ११ मा मानविकी, व्यवस्थापन, शिक्षा, बाली विज्ञान, कानुन र विज्ञानमा भर्ना खुलेको हो । २०६६ सालदेखि उच्च मावि तहको पढाइ सुरु भएको थियो । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो । यस विद्यालय २०२५ सालमा स्थापना भएको थियो । राधिकामा शिशु कक्षादेखि १२ कक्षासम्म र प्राबिधिक तर्फ कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा २ हजार ४ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा ४ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै ब्लग छ । कक्षा ११ को प्रवेश परीक्षा असार २३ गते आइतबार विहान ७ बजे हुनेछ । गुणस्तरीय शिक्षाका लागि राधिका नै रोज्न विद्यालयले विद्यार्थीहरुमा अनुरोध गरेको छ ।
–विज्ञापन

May be an image of text that says 'RADHIKA SECONDARY SCHOOL URLABARI 06, MORANG ធិមយ 2081 ADMISSION NOW OPEN FOR GRADE-11 11 Congratulations to SEE examinee students. Welcome to Radhika Faculties Agriculture •Science •Management Law Education OUR FACILITIES Classroom Library Canteen ICT lab SportFicld Sport Ficld .Ecucational Tour Admission Open Form Distribution Date 2081-03-15 to 2081-03-22 Entrance Date tranceDate:2081-03-23 2081-03-23 7:00AM Contact 984204732/9852028056/9801454131'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय