मधुमल्ला । मिक्लाजुङ गाउँपालिकाले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा उच्च अंक प्राप्त गर्ने २२ विद्यार्थीलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा विद्यार्थीहरूका अभिभावकहरू समेत सहभागिता रहेको थियो । कार्यक्रमले निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रशंसा पत्र वितरण गरिएको छ । मिक्लाजुङ गाउँपालिकाका ११ जना निजी र ११ जना सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सम्मानित भएका छन् । सामुदायिक विद्यालयतर्फ सबैभन्दा राम्रो नतिजा सरस्वती मावि र टाँडी माविले प्राप्त गरेका छन् । निजी विद्यालयतर्फ रिलायन्स मावि र क्लासिक्ल माविले २ ÷२ जनाले (ए प्लस ) सहित सतप्रतिशत विद्यार्थी पास गराएका छन् ।
कालिका माविले सबैभन्दा धेरै विद्यार्थी पास गराउन सफल भएको छ । मिक्लाजुङका यस बर्ष एसईईमा सहभागी जम्मा ५१० मध्ये २७४ विद्यार्थी पास भएका छन् । जसमा ३.२ जीपीए भन्दा माथि ल्याउने विद्यार्थीहरूको संख्या ८६ रहेको छ । यस्तै ३.३९ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीहरूको संख्या २२ रहेको छ ।
सर्वश्रेष्ठ नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ भगवती मावि उत्कृष्ट रहेको छ । यस विद्यालयका आरती दर्नाल र आस्था लिम्बूले क्रमशः प्रथम र द्वितीय तथा मनोहर जनता माबिकी प्रकृती भट्टराईले तृतीय स्थान प्राप्त गरेका छन् । निजी विद्यालयतर्फ रिलायन्सका रिपल गोले, क्लासिकलका विवेक निरौला प्रथम र शिशिर भण्डारीले द्वितीय स्थान प्राप्त गरेका छन् ।
कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु थियो । कार्यक्रमको स्वागत मन्तव्य मदर मधुमल्लाका प्रिन्सिपल विष्णुकुमारी गुरुङले राख्नुभयो । पालिका अध्यक्ष बबिकुमार राई र उपाध्यक्ष दिनेश पौडेललगायतले सम्मान वितरण गर्नुभएको छ ।
मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले मिक्लाजुङ सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेकाले उत्कृष्ट परिणाम हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले भविष्यमा पनि यसैगरी विद्यार्थीहरूको मेहेनतलाई प्रोत्साहन गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय