उर्लाबारी /रोट्याक्स क्लब अफ उर्लाबारीको नेतृत्व परिवर्तन भएको छ। यसै साता सम्पन्न बैठकले अंकुश अग्रवालकाे अध्यक्षतामा रोट्याक्ट उर्लाबारीको नयाँ समिति निर्माण गरिएको हो।
रोट्याक्ट नगर समितिको उपाध्यक्षमा समीर गहतराज र कृष्ण बस्नेतलाई चयन गरिएको छ। यसरी नै सचिवमा अंगम बस्नेत रहेका छन्। विभिन्न सामाजिक र विभिन्न रचनात्मक कार्य गर्दै अघि बढेको क्लबले आगामी दिनमा अझै ल‍ोकप्रिय र महत्त्वाकांक्षी योजनाका साथ अघि बढ्ने संस्थापक अध्यक्ष सन्जय बाहेतीले बताएका छन्। क्लबले उर्लाबारीमा लैंगिक हिंसा विरुद्ध र्‍याली, बालबालिकालाई जाडोमा न्यानाे कपडा वितरण, विद्यालयमा रंग रोगन लगाउने काम, खानेपानी ट्यूवेल गाड्ने काम, रक्तदान, शेयर कारोबार सम्बन्धि चेतनामूलक प्रशिक्षण, वृक्षारोपण लगायतका सामाजिक कार्य गर्दै आएकाे संस्थापक अध्यक्ष बाहेतीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय