उर्लाबारी / गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा छेसाङ तामाङ फाइनलिस्ट छनोट भएका छन्। मोरङ उर्लाबारी -५ निवासी सुनगाभा आमाबीमा अध्यनरत छेसाङ तामाङ फाइनलिस्टमा पुगेकी छिन ।
सुनगाभा आमाबिका कार्यक्रम सम्योजक मदन गुरुङले नीनीले आफ्नो कला र गलाको माध्यमबाट आज राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता द भोइस अफ किड्सको फाइनलिस्टमा पुग्ग्न सफल भएको भन्दै खुशी ब्यक्त गरेका छन्। सम्योजक गुरुङले अब नानीले ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि उचालेको हेर्न चाहेको बताउदै सबै उर्लाबारी बसीलाई भोट गर्न पनि अपिल गरेका छन्।
उर्लाबारी -५ का वडा अध्यक्ष एवं छेसाङका छिमेकी रबिन तामाङका अनुसार छेसाङ अत्यन्तै मेहनती तथा उनको भोइस गड गिफ्ट भएको भन्दै उनले नै ‘द भोइस अफ किड्स सिजन ३’ को उपाधि उचाल्नेमा आफू ढुक्क रहेको बताए।
वडा अध्यक्ष तामाङले सबैलाई भोट गरेर छेसाङ लाई भोइस अफ किड्स उपाधि जिताउन सहयोग गर्न पनि अपिल गर्दै उनी उर्लाबारीबसीको मात्र नभएर कोशी प्रदेशकै गहना भएको बताए।
कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ फाइनलमा पुगे। अर्की कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलिस्टमा पुगेका छन् भने कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा फाइनलमा पुगेका छन्। यस्तै कोच मिलन नेवारबाट समीक्षा दहाल सँगै रिन्जिन डोल्मा लामा पनि फाइनलमा प्रवेश गरेका छन्।
आउँदो शनिबार फिनाले आयोजना हुँदैछ । सोही दिन बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । जसमा आठजना प्रतिभामध्येबाट एकजनाले टाइटल जित्नेछन्।
ADVERTISEMENT