
उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको सनसाइन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलले ‘सनसाइन कार्निभल १.०’ सम्पन्न भएको छ ।
स्कुलले विद्यार्थीहरुले अध्ययनका साथ–साथै सह–क्रियाकलापमा सहभागी भएर प्राप्त गरेका सिपहरुको प्रर्दशनी गरेका छन् । ‘सनसाइन कार्निभल १.०’ मा विद्यार्थीहरुले स्थानीय जातीय खाद्य परिकारहरुको स्वाद आउने परिकार, चित्रकला, पेपरआर्ट र क्राफ्टको प्रर्दशनी र विक्री, जातिय भेषभुषाको प्रर्दशनी, फोटोग्राफी, विज्ञान÷रोबोटिक्सको प्रर्दशनी, विद्यार्थीहरुकै सिपबाट बनाइएका खेलहरु डार्ट, लक्की–ड्र, स्कोर–द–गोल र रिङ–टच जस्ता खेलहरु तथा सांस्कृतिक कार्यक्रम गरिएको स्कुलका सस्थापक निर्देशक सुरेन्द्र सुवेदीले बताउनुभयो ।
सनसाईनमा अध्ययन गर्ने विद्यार्थीहरुले सहक्रियाकलापबाट प्राप्त गरेको सिप अवलोकन गर्न उर्लाबारी नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेसहित विभिन्न विद्यालयका विद्यार्थीहरु र अभिभावहरुको बाक्लो उपस्थिती रहेको थियो । उर्लाबारी–३ मा विगत ३४ वर्ष देखि अध्ययापन गराउँदै आएको स्कुलले हालसम्म करिब ५ सय विद्यार्थीहरुलाई एसईई उर्तिण गराइसकेको छ । करिब १६ कट्ठा जमिनमा विद्यालयका ५ वटा भवन रहेका छन् । निजी स्कुलका रुपमा अब्बल कहलिएकोे यस विद्यालयले हरेक वर्ष १८ प्रतिशत छात्रबृद्धि प्रदान गर्दै आएको जनाएको छ । स्कुलमा उर्लाबारी, पथरीको केही भागका विद्यार्थीहरु यस विदालयमा अध्ययनरत रहेका छन् । विद्यालयमा ५ सय ५० विद्यार्थीहरु अध्ययन गरिरहेको भाईस प्रिन्सीपल भक्त बस्नेतले बताउनुभयो । स्कुलमा ४२ जना शिक्षकहरु कार्यरत रहेका छन् ।