
उर्लाबारी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को दोस्रो उर्लाबारी नगर अधिवेशन रमा थापा नेपालको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा विन्दा पौडेल, धनमाया मगर, सिता बस्नेत, सचिबमा विनिता राई, सहसचिबमा निर्मला घिमिरे र कोषाध्यक्षमा मञ्जु तामाङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मुना धिमाल, यमकुमारी विक, भगवति कार्की, कृष्णमाया माझी, मुना बराल, इन्दिरा बराल, सन्दिपा भट्टराई लिम्बू, सपना लिम्बू, देवीमाया दर्जी, सिता ढुंगाना, चन्द्रमाया शंकर, जमुना सन्थाल, कृष्णमाया लिम्बू, धनमाया धिमाल, मालती चौधरी, जेनी बोहोरा, गीता तामाङलगायत ३१ सदस्यीय रहेको छ । नेकपा माओवादी केन्द्रकी नेतृ प्रदेश कमिटी सदस्य टिकाकुमारी भट्टराई (शिला) को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कार्यवहाक नगर अध्यक्ष राजिब लिम्बू, उपाध्यक्ष निर्मला रसाईलीलगायतको उपस्थिति रहेको थियो ।