ADVERTISEMENT

पथरी । पथरी शनिश्चरे नगरपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना प्रारम्भिक परामर्श कार्यशाला सम्पन्न भएको छ। नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यशालामा नगर स्तरीय विपद् व्यवस्थापनको प्रारम्भिक योजना निर्माणसम्बन्धी महत्वपूर्ण छलफल गरिएको थियो।
नगरपालिका र नगर विपद् व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा हाम्रो कन्सल्टेन्सीका याशप्रसाद सुब्बा र रामकुमार दाहालले सहजकर्ताको भूमिका निर्वाह गरे। कार्यक्रममा वडाध्यक्षहरु भीम राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, नविन कार्की, लोककिरण न्यौपाने, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी दिनमा वडा स्तरीय छलफलमार्फत जलवायु उत्थानशील कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ। विपद् फोकल पर्सन सुरेन्द्र राईका अनुसार वडा स्तरीय छलफल जेठ ४ गते वडा नं. ७ र ३, जेठ ५ गते वडा नं. १ र १०, जेठ ८ गते वडा नं. ९, ८ र ४ तथा जेठ ९ गते वडा नं. २, ५ र ६ मा दिउँसो १२ बजेबाट सञ्चालन गरिनेछ।
नगरपालिकाले यस पहलमार्फत जलवायु परिवर्तन र स्थानीय स्तरका विपद् व्यवस्थापनमा सुदृढता ल्याउने उद्देश्य लिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु