
उर्लाबारी । मोरङ र झापाबाट लागूऔषध ब्राउनसुगर र प्रतिवन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेष्ठ २ गते झापाको प्रहरी चौकी टाघनडुव्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका-७ का २८ बर्षीय मोहमद अलीलाई ३३ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ती-४ का ३५ बर्षीय सागर खड्कालाई ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी-८ का २३ बर्षीय विवेक खड्कालाई प्रतिबन्धित औषधी १०० चक्की सहित नियन्त्रणमा लिएको छ ।