
उर्लाबारी | मनोहर जनता माध्यमिक विद्यालय, मिक्लाजुङ–७,मोरङ, मधुमल्लाले आयोजना गरेको नमुना विद्यालय शैक्षिक तथा व्यवस्थापकीय कार्यक्रम अन्तर्गत सम्पन्न अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, मिक्लाजुङ–७, मधुमल्ला, मोरङ प्रथम स्थान हासिल गर्न सफल भएको छ।
विद्यालयका विद्यार्थीहरू अञ्जली श्रेष्ठ, अनुराग कार्की, र सागर (साइमन) भण्डारी सम्मिलित टोलीले उत्कृष्ट बौद्धिक प्रदर्शन गर्दै प्रतियोगितामा विजयी भई विद्यालयको प्रतिष्ठा बढाउन उल्लेखनीय योगदान पुर्याएका छन्।
प्रतियोगितामा प्रथम स्थान हात पार्दै भगवती माविले शैक्षिक क्षमताको उत्कृष्ट प्रमाण प्रस्तुत गरेको भन्दै विद्यालय प्रशासनले विजेता विद्यार्थीहरूलाई बधाई दिएको छ। साथै, विद्यालय परिवारलाई समेत यस सफलतामा योगदान पुर्याएकोमा आभार व्यक्त गरिएको छ।
विद्यालयका तर्फबाट विजेता टोलीलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै, आगामी दिनहरूमा अझ धेरै यस्ता उपलब्धिहरू प्राप्त गर्न प्रेरणा मिलोस् भनी बधाई दिएको प्रधानाध्यापक प्रेम प्रकाश कोइरालाले बताएका छन्।