
उर्लाबारी । मोरङको उर्लाबारी–५ मा शनिदेव मन्दिर निर्माण हुने भएको छ । शुक्रबार भएको भेलाले मन्दिर निर्माणका लागि तारा रिजाल चौलागाईको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा पदम रिजाल, सचिबमा रेवतरमण कोइराला, सहसचिबमा सरोज बस्नेत र कोषाध्यक्षमा ममता कार्की अधिकारी रहनुभएको छ । समितिको सदस्यहरुमा चन्द्रा चौधरी, विष्णुमाया खतिवडा, प्रमोदकुमार निरौला, रिता उप्रेती थापा, ओमप्रकाश पोद्धार, कविता राई, सन्तोषकुमार लिम्बू र भवानीप्रसाद तामाङ रहनुभएको छ । मन्दिर निर्माणका लागि उर्लाबारी–५ मा स्थानीय सामाजिक ब्यक्तित्व धर्मप्रसाद भण्डारी, गोपालप्रसाद भण्डारीको परिवारले १ कट्ठा जग्गा निःशुल्क दिनुभएको छ ।