ADVERTISEMENT

उर्लाबारी । मोरङको मिक्लाजुङ वडा नं. ८ को समन्वयमा रामलाल गोल्छा आँखा अस्पतालले निःशुल्क आँखा शिबिर सम्पन्न गरेको छ ।
शनिबार मिक्लाजुङ–८ को देवकोटा माबिमा भएको शिबिरमा १ सय ९३ जनाले आँखा परीक्षण गराएको वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले जानकारी दिनुभयो । उहाँले परीक्षण गराएकामध्ये ९ जनालाई मोतियाविन्दुको अपरेशनका लागि रामलाल गोल्छा आँखा अस्पताल विराटनगर लगिएको बताउनुभयो । वडाबासीहरुलाई आँखा परीक्षणका लागि टाढा जानु नपरोस् भन्ने हेतुले वडाको समन्वयमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले निःशुल्क शिबिर गरिएको उहाँको भनाई छ । सोही अवसरमा औषधिसमेत वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु