उर्लाबारी । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा जारी उर्लाबारी नगर स्तरीय पोएट आइडलको फाइनल राउण्डमा १० जना प्रवेश गरेका छन् ।
शुक्रबार भएको प्रतिष्पर्धाबाट १० जना फाइनल राउण्डमा प्रवेश गरेका हुन् । राधिका बाल क्लवको आयोजनामा राधिका पोएट आइडल कार्यक्रमको फाइनल राउण्डमा पशुपति आमाबिकी तृप्ती भण्डारी, हिमचुली बोर्डिङ स्कुलकी पुष्पा श्रेष्ठ, सुनगाभा बोर्डिङकी श्वेता श्रेष्ठ, राधिका माबिका किस्मत बास्तोला, सुनिल पाण्डे, प्रशान्त सापकोटा, काजल साह, प्रशान्त निरौला, प्रतिक थुलुङ र भूमिका अधिकारी फाइनल राउण्डमा पुगेका छन् । १९ जनामध्ये फाइनल राउण्डमा १० जना प्रवेश गरेका छन् । निर्णायक साहित्कार कृष्ण उदासी, मुना आत्रेय र सुमन राई रहनुभएको थियो ।
असार ९ गते फाइनल राउण्डको कार्यक्रम गरिने जनाइएको छ । प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र र मेडल प्राप्त शिक्षक पदम लुइँटेलले जानकारी दिनुभयो ।

May be an image of text that says 'ऋ्.सं. नाम 9. २. स्कुल हिमबुली मा.वि. राधिका मा.वि. ३ે. राधिका पोएट आइडलका फाइनालिस्टहरुको नामावली कविताको शर्षक मोबाइल मेरो मित्र सहिदलाई सम्केर अनुशासन बालदिवस पुष्पा श्रेष्ठ सुनिल पाण्डे प्रतीक थुलुड तृप्ती भण्डारी किस्मत बास्तोला ४. y. ६. श्वेता श्रेष्ठ ២. C. राधिका मा.वि. पशुपति आ.मा.वि. राधिका मा.वि. सुनगाभा मा.वि. राधिका मा.वि. राधिका मा.वि. राधिका मा.वि. राधका मा.वि. प्रशान्त सापकोटा भूमिका अधिकारी प्रशान्त निरौला ይ. 90. यात्रा सहिदलाई सम्केर मेरो उ्लाबारी बाबुको जिम्मेवारी बाबुको जिम्मेवारी आँखामा देश काजल शाह'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय