उर्लाबारी नगरपालिका रोजगार सेवा केन्द्र तथा पुनःएकीकरण (रेमी) परियोजनाको संयोजनमा उर्लाबारी–७ स्थित नोभा बेकरी हाउसमा सञ्चालन गरिएको १५ दिने बेकरीसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ।
बैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनःस्थापना तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म सञ्चालित तालिममा सहभागीहरूले विभिन्न बेकरी सामग्री बनाउन आवश्यक सीप सिकेका थिए। बुधबार एक कार्यक्रमबीच औपचारीक रुपमा तालिम समापनको प्रमाणपत्र वितरण गरिएको छ ।
सो कार्यक्रमको संयोजन रेमी परियोजनाका रोजगार परामर्शदाता संगीता कार्कीले गरेकी थिइन्। तालिम समापन समारोहका सभापति रिटर्नी उर्लाबारीका अध्यक्ष सन्तोष दाहाल रहेका थिए भने कार्यक्रमकी प्रमुख अतिथि नगर उप प्रमुख मिना खतिवडा पौडेल थिइन्।
उप प्रमुख खतिवडाले सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै प्राप्त सीपलाई उपयोग गर्दै स्वरोजगारमा लाग्न र सम्भव भएमा उद्यमशीलता विकासतर्फ अघि बढ्न सुझाव दिइन्।यस्तै उनले एउटै विषयको तालिम लिएर त्यसैलाई निरन्तरताका साथ व्यावसायिक रूपमा विकास गर्न सके आम्दानीको स्रोत बन्ने विश्वास व्यक्त गरिन्।
समापन समारोहमा रोजगार शाखाका संयोजक बिनीता शर्मा अतिथिका रूपमा उपस्थित थिइन्।
नोभा बेकरीमा सम्पन्न सो तालिममा जसमा प्रशिक्षकका रूपमा सोही बेकरीका सञ्चालक राजकुमार निरौलाले प्रशिक्षण दिएका थिए।
कार्यक्रमले सहभागीहरूमा उद्यमशीलता र सीप विकासको प्रेरणा मिलेको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय