नागरिकस्तरबाट उर्लाबारी नगरपालिका कार्यालयलाई एकपछि अर्को सहयोग सामग्री उपलब्ध हुने क्रम जारी छ । अराजक समुहको आगजनी र तोडफोडले सेवा प्रवाह असहज भएपछि उर्लाबारी नगरपालिका कार्यालयलाई सहयोग प्राप्त भइरहेको छ । बुधबार उर्लाबारी ६ स्थित पञ्चावती हस्पिटलले उर्लाबारी नगरपालिकालाई सामग्री प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चावती हस्पिटलका तर्फबाट संचालक चेतन सुब्बाले नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई दुई थान कम्प्युटर सेट र दुई थान प्रिन्टर प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको उपस्थिति रहेको थियो । यस्तै, बुधबार नै उर्लाबारी ७ निवासी सामाजिक तथा धार्मिक व्यक्तित्व सुशीला गौतमले नगरपालिका कार्यालयका लागि मेयर खरेल तथा उपमेयर मीना खतिवडा पौडेललाई चार थान सिलिङ पंखा प्रदान गर्नुभएको छ । नगर प्रमुख खरेलले सहयोगी संस्था र व्यक्तिप्रति आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय