उर्लाबारी । उर्लाबारीकै अग्रणी हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २९ औं चुनाबी बार्षिक साधारणसभाका लागि धमाधम इकाईगत साधारणसभा गरिरहेको छ ।
शुक्रबार उर्लाबारी वडा नं. ७, ८ र ९ तथा रतुवामाई–८,९ र १० को पनि को इकाईगत साधारणसभा सम्पन्न भएको ब्यवस्थापक चक्रबहादुर खड्काले जानकारी दिनुभयो । शनिबार उर्लाबारी–१ र ५ तथा मिक्लाजुङको इकाईगत साधारणसभा भइरहेको छ । आइतबार उर्लाबारी–२,३ र ६ तथा पथरीशनिश्चरे, सोमबार उर्लाबारी–४ र कार्तिक १ गते साधारणसभा गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष डिबी थापाले जानकारी दिनुभयो । यस पटक नयाँ नेतृत्वसमेत चयन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय