उर्लाबारी । आगामी छठ पर्वलाई लक्षित गर्दै उर्लाबारीमा छठ पूजा उपसमिति गठन गरिएको छ । उपसमितिको संयोजकमा राजेश यादव र मंगलबारे क्षेत्रका संयोजकमा प्रकाश चौधरीलाई जिम्मेवारी दिइएको छ ।
समितिले छठ पर्वको तयारी, सरसफाइ, सुरक्षा व्यवस्था तथा पूजा सामग्री व्यवस्थापनका लागि आवश्यक कार्ययोजना बनाउने तयारी गरेको छ । स्थानीय समुदाय, धार्मिक अगुवा र नगरपालिकाको सहयोगमा पर्वलाई भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारी भइरहेको संयोजक यादवले बताउनुभयो ।
मंगलबारे संयोजक प्रकाश चौधरीका अनुसार यस वर्षको छठ पर्वमा सहभागी भक्तजनहरूको सुविधाका लागि विशेष व्यवस्थापन गरिनेछ । समितिले छठ घाटको सरसफाइ, बत्ती व्यवस्थापन र पूजा स्थल व्यवस्थापनमा विशेष ध्यान दिने मैथिली समाज सेवा समितिका अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय