
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेले नगरको योजना तथा कार्यक्रमको अनुगमन गर्नुभएको छ ।
आज पथरी शनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पताल र वडा नं. १० मा निर्माणाधीन नगरको प्रशासनिक भवनको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा उप–प्रमुख काफ्लेले अस्पताल र प्रशासनिक भवनमा कमसल कार्य नगर्न निर्देशन दिनुभएको छ ।
योजना तथा कार्यक्रमको अनुगमनमा अनुगमन समितिका सदस्यद्वय वीरबहादुर राई, अन्जना दर्जी, योजना शाखा प्रमुख शिवकुमार राई, ताराप्रसाद ढकाल, इन्जिनियरद्वय हसरत अलि नेपाल र सन्तोष केसीको उपस्थिति रहेको थियो ।