उर्लाबारी,उर्लाबारी नगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा राधिका मावि उर्लाबारी–६ प्रथम भएको छ । आज सोही विद्यालयमा सञ्चालन भएको प्रतियोगितामा आधारभुत र माध्यमिक तह दुवैतर्फ राधिका मावि प्रथम भएको हो ।
उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमू लिम्बूको अध्यक्षतामा भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।
माध्यमिक तह (९–१२) तर्फ ९ विद्यालयले सहभागिता जनाएकोमा राधिका मावि उर्लाबारी–६ प्रथम, सुनपकुवा मावि उर्लाबारी–२ दोस्रो र शारदा मावि उर्लाबारी–१ तेस्रो भए । यस्तै, आधारभुत तह (६–८) तर्फ १६ विद्यालयले सहभागिना जनाएकोमा राधिका मावि उर्लाबारी–६ प्रथम, सुनपकुवा मावि उर्लाबारी–२ दोस्रो र सुनझोडा मावि उर्लाबारी–२ तेस्रो भए ।
उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि शालिग्राम काफ्ले, विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेल, विद्यालय व्यवस्थापन समिति सदस्य तीर्थराज अधिकारीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।























