“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल सन्देशसहित सुरु गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत उर्लाबारी–२,सुनपकुवा मा.वि.मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउँदै लैङ्गिक हिंसाका विविध आयाम, विशेषगरी डिजिटल हिंसा तथा प्रविधिको सुरक्षित उपयोगबारे विस्तृत रूपमा प्रकाश पार्नु भएको छ ।
उपप्रमुख पौडेलले विद्यालयस्तरमै सचेतना विस्तार हुनु अत्यावश्यक रहेको उल्लेख गर्दै विद्यार्थी, शिक्षक र अभिभावक सबै मिलेरै सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याउनुपर्ने धारणा व्यक्त गर्नू भयो ।उनले १६ दिने अभियानले लैङ्गिक हिंसा रोकथाम, पीडित समर्थन र समुदायमा व्यवहारगत परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नू भएको छ ।कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय