उर्लाबारी, उर्लाबारीमा एआई जडित डिजिटल एक्स–रेबाट क्षयरोगको पहिचान गरिने भएको छ । उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा हुने शिविरमा उक्त प्रविधिबाट क्षयरोगको पहिचान गर्न लागिएको हो ।
उक्त शिविर मंसिर २६ गते उर्लाबारीरी ८ दुर्गापुरीस्थित राजघाट स्वास्थ्य चौकी र मंसिर २७ गते आधारभूत स्वास्थ्य केन्द्र उर्लाबारी ५ मा सञ्चालन गरिने नगरका जनस्वास्थ्य निरीक्षक रेनुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । शिविरमा एआई जडित डिजिटल एक्सरेबाट क्षयरोगको जोखिममा रहेका व्यक्तिहरूको पहिचान गरी एक्स–रे सेवा सहितको खोजपडताल कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । लक्षण नदेखिएपनि क्षयरोगका किटाणु शरीरभित्र हुन सक्ने भएकाले एआइ एक्सरेमार्फत संक्रमितहरूको पहिचान गरिने उहाँले बताउनुभयो । एआइ प्रविधिसहितको एक्सरेले तत्काल फोक्सोको अवस्थाका विषयमा विश्लेषणसहितको विवरण उपलब्ध गराउने गर्दछ । शिविरले आम जनतालाई धेरै सहज हुने बताउँदै नगरपालिकाले आगामी दिनमा अन्य स्थानमा पनि यस्ता शिविर सञ्चालन गर्ने स्वास्थ्य प्रमुख सुरेश खड्काको भनाई छ























