उर्लाबारी । मोरङको उर्लाबारीमा एक दिने निःशुल्क योग तथा आयुर्वेदिक स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
आज उर्लाबारी बहुमुखी क्याम्पस स्वास्थ्य उपसमितिको आयोजनामा सो शिबिर भएको हो । नेपाल आयुर्वेदिक औषधि ब्यवसायी संघ तथा पातन्जल योग समिति प्रदेश नं. १ को सहयोगमा भएको उक्त शिबिरमा स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधिसमेत वितरण गरिएको संयोजक गजेन्द्र दंगालले जानकारी दिनुभयो । आयुर्वेदिक डा. प्रकाश लिम्बू, डा. इश्वर अधिकारी, डा. सरविन्द्रप्रसाद यादब, डा. नविन बास्तोला, डा. गोकुल न्यौपाने, डा. विरेन्द्र मण्डललगायतले सेवा प्रदान गर्नुभएको थियो । शिबिरबाट १ सय भन्दा बढीले सेवा लिएको थिए । कार्यक्रम उर्लाबारी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुष्प ढकालको सभापतित्व एबं उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम सञ्चालन गजेन्द्र दंगालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय