दमक । झापाको दमक नगरपालिका ‒ ५ मा रहेको लाईफलाईन अस्पताल प्रालिको नयाँ संचालक समितिको बैठकबाट अध्यक्षमा प्रेमबहादुर देवकोटा चयन हुनुभएको छ ।
९ सदस्यीय संचालक समितिमा देवकोटा अध्यक्षमा चयन हुनुभएको हो । यस्तै अस्पतालको संचालक सदस्यमा बालचन्द्र सुब्बा, डा. मुक्तिनाथ भट्टराई, डा. तिलकचन्द्र शाह, डा. सुर्यनारायण शाह, राजकुमार भट्टराई, देवकीदेवी भट्टराई, विक्रम शाह र भिम पौडेल रहनुभएको छ । २०५५ सालमा स्थापित सो अस्पताल १०० बेड क्षमताको रहेको छ । सो अस्पतालमा विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण तथा उपचार गरिन्छ । सो अस्पतालमा आईसियु र एनआईसियुको सेवासहित नर्सिङ,एचएको अध्यापन समेत हुँदैआएको छ । सेवाग्राहीहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु सदैब प्रतिबद्ध रहेको भन्दै अध्यक्ष देवकोटाले आगामी दिनमा अझ नयाँ प्रबिधि र सेवाहरु विस्तार गर्दै लैजाने योजना रहेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय