सुनसरी । विदेशमा रहेका श्रीमानलाई छोडेर भागेकी इटहरीकी मन्जु राई भेटिएकी छिन् । इटहरीबाट भगाउने सञ्जय दर्जीसहित राईलाई भेटिएको हो । १ महिनादेखि उनीहरु भागेका थिए । श्रीमान विदेशमा रहेको अवस्थामा राई र दर्जीबीच हिमचिम बढेको थियो । राईका श्रीमानसमेत विदेशबाट फर्किएका छन् भने दर्जीकी श्रीमति अन्जु दर्जी र ५ बर्षका छोराको पनि विजोग भएको छ । राईकी ४ बर्षकी छोरी छिन् । सौता मन्जु र अन्जुबीच भेट भएपनि हानाहान भएको छ । प्रहरीले परिवारको रोवहरमा छोडेको छ । कानुनी प्रक्रिया अघि बढाउने सहमतिपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले परिवारको रोहवरमा छोडेको हो । ८ महिनादेखि मन्जु र सञ्जयबीच प्रेम रहेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय