अभिनेत्री सारा सिर्पालीले अभिनय गरेको ‘सुकुटी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिहीवार यूट्युबमा रिलिज गरिएको गीतमा सारासँगै सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् ।

भव्य सेट लगाएर छायांकन गरिएको भिडियोमा चितवनको थारु समुदायको सांस्कृतिक बिम्ब झल्काउन खोजिएको छ । सार्वजनिक डान्सिङ नम्बरमा स्वर प्रमोद खरेल र सृष्टि हिङमाङको छ । हिङमाङको यसअघि सार्बजनिक ‘पुर्वै रमाईलो’ बोलको गीत निकै लोकप्रिय भैसकेको छ । हेर्नुस् भिडियो यस्तो बनेर सार्बजनिक भएको छ ।

हाल सार्बजनिक गीतमा संगीत गौरव दर्पणले भरेका छन् । एरेञ्जको काम नोर्वु शेर्पाले गरेका छन् । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् भने छायांकन संकल भुजेलको छ । बनिश शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी आर्जु बैजुको छ । सुवास बस्नेत भिडियोको निर्माता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय