काठमाडौं । गायिका ग्रिष्मा खड्काको चौथो गीत ‘माया नै काफी छ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार कमल खत्रीको शब्द र संगीतमा तयार गरिएको उक्त गीत युवा पुस्तालाई लक्षित गरिएको हो । सानैदेखि गीत र संगीतमा रुची राख्ने खड्काका यसअघि ‘तिम्रै लागि’, ‘मुस्काइ हाँसिदेउ’, ‘एक पटकको नेपाली सँधै नेपाली’ गीत सार्वजनिक भइसकेका छन् । खड्का गीत र संगीत बाहेक सामाजिक कार्यमा समेत रुची राख्छिन् । उनको पछिल्लो गीत ‘माया नै काफी छ’ ले युवा पुस्ताको माया प्रेमलाई प्रतिबिम्बित गरेको छ । उनको यो गीतको म्यूजिक भिडियोमा उनी स्वयं लगायत गायक कमल खत्रीले अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय